एमाले अधिवेशन: पोखरा महानगरमा सर्वसम्मत अध्यक्ष चुनिए न्यौपाने

एमाले अधिवेशन: पोखरा महानगरमा सर्वसम्मत अध्यक्ष चुनिए न्यौपाने

पाेखराः नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे जारी महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने चयन भएका छन्। न्याैपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

पाेखरा महानगरकाे नेतृत्त्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकाे थियाे। बिहीबार साँझ भने अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिवद्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ पनि सर्वसम्मत चयन भएका छन्। यस्तै महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ पनि सर्वसम्मत चयन गरिएको छ। 

पाँच पालिका रहेको कास्कीमा मादी, अन्नपूर्ण र रूपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्त्व चयन गरिएको छ। 

कात्तिक १२, २०७८ शुक्रबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।