संविधानमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन: प्रचण्ड
चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा राम्राे कुरा लेखिए पनि व्यवहारमा लागू हुन नसकेकाे बताएका छन्। अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज चितवनमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्ताे बताएका हुन्।
'संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन', उनले भने। संविधानले समाजवादउन्मुख राज्य भने पनि व्यवहारमा भने लागू नभएकाे उनले बताएका हुन्।
यस्तै उनले देशमा विभिन्न समयमा राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको बताए।
यस्तै दाहालले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाहेक अन्यत्र स्थापना नहुने पनि दावी गरे।
कात्तिक १२, २०७८ शुक्रबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।