एसियन कप: आज नेपाल र ताजिकिस्तान भिड्दै

काठमाडाैंः ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कपमा आज नेपाल र आयाेजक ताजिकिस्तान भिड्दै छन्। नेपाल र ताजिकिस्तानबीचकाे खेल आज साँझ ७:४५ बाट सुरु हुनेछ।
यसअघि भएकाे पहिलाे खेलमा हार व्यहाेरेकाे नेपालले आज भने जीतकाे खाेजीमा मैदान उत्रने छ। ताजिकिस्तानले भने यसअघि लेबननलाई हराएकाे थियाे।
नेपालले आइतबार लेबननसँगै प्रतिस्पर्धा गर्नेछ।
कात्तिक ११, २०७८ बिहीबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।