अपराह्न ४ बजे एमालेकाे स्थायी कमिटी बैठक बस्ने

काठमाडाैंः नेकपा एमालेले आज स्थायी कमिटी बैठक बाेलाएकाे छ। पार्टीकाे आसन्न महाधिवेशनका बारेमा छलफल गर्न बैठक बस्न लागेकाे हाे।
१० औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
उनका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुनेछ।
एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ। एमालेको १०औं महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ।
कात्तिक ११, २०७८ बिहीबार १०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।