५९ सांसदकाे समर्थनमा बागमती प्रदेशकाे मुख्यमन्त्री बन्दै पाण्डे

५९ सांसदकाे समर्थनमा बागमती प्रदेशकाे मुख्यमन्त्री बन्दै पाण्डे

काठमाडाैंः बागमती प्रदेशमा गठबन्धनका तर्फबाट आज राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। हिजाे निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा पेश गरेसँगै आज प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएकाे हाे। 

हिजै प्रदेश सभा बैठकमार्फत मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। संसदीय अंकगणितअनुसार पाण्डे ५९ सांसदकाे समर्थनमा मुख्यमन्त्री बन्दैछन्। गठबन्धनका ४ दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको सांसदहरूको समर्थन पाण्डेमा रहेकाे छ। 

नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि प्रदेश सभाका १३ एमाले सदस्यले समाजवादी पार्टी रोजेका थिए। त्यसलगत्तै अल्पमतमा परेकी मुख्यमन्त्री शाक्ले हिजाे प्रदेश सभामा राजीनामा पेश गरेकी थिइन्।

पाण्डेले दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ। उनले आजै सानाे आकारकाे मन्त्रिमण्डल बनाउने पनि बताइएकाे छ। 

कात्तिक ११, २०७८ बिहीबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।