भारतबाट आएका मगन्तेलाई पुनः भारत फर्काउँदै प्रहरी

भारतबाट आएका मगन्तेलाई पुनः भारत फर्काउँदै प्रहरी

पर्साः जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट नेपाल भित्रिएर सार्वजनिकस्थलमा पैसा माग्ने मगन्तेलाई नियन्त्रण गर्न थालेकाे छ। वीरगञ्ज क्षेत्र आसपासमा भारतबाट आएका मगन्तेलाई नियन्त्रणमा लिएर पुनः भारत फर्काउने याेजना अघि बढाइएकाे प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। 

हाल वीरगञ्ज क्षेत्रमा एक सयभन्दा बढी भारतबाट आएका मगन्ते रहेका छन्। तिनमा बालबालिकादेखि वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त देखिने पनि छन्। तर यस्ता नक्कली मगन्ते भएकाे र तिनकाे नियन्त्रण थालिएकाे प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार यस्ता नक्कली मगन्ते हरेक वर्ष भारतबाट चाडपर्वकाे समयमा नेपाल प्रवेश गर्ने गर्छन्। यिनले सार्वजनिकस्थलमा सर्वसाधारणलाई दुःख दिन थालेपछि नियन्त्रणकाे अभियान चलाइएकाे हाे। 

कात्तिक ११, २०७८ बिहीबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।