बुटवलमा एक महिलाले जन्माइन चम्ल्याहा सन्तान

बुटवलमा एक महिलाले जन्माइन चम्ल्याहा सन्तान

बुटवल : रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चार सन्तानलाई जन्म दिएकी छन्।

कात्तिक ६ गते अस्पताल भर्ना भएकी पाल्पा माथागढी गाउँपालिका–१ कि २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो शल्यक्रिया मार्फत चम्ल्याह सन्तान जन्माएकी हुन्। अस्पतालका महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टिमले उनको शल्यक्रिया गरी बच्चा बाहिर निकालेका थिए। 

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ। सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौल रहेको बच्चालाई जन्माएकी अस्पतालले जानकारी दिएको छ।

सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ। तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ। बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिरी इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ।

कात्तिक १०, २०७८ बुधबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।