नेपालमा लगानीको प्रतिबद्धता र प्राप्तिमा ठुलो अन्तर छ : उद्योग मन्त्रालय
लगानी बोर्डको बैठकमा रेग्मीले प्रतिबद्धता जनाएको लगानी र प्राप्त गर्ने लगानीमा अन्तर रहेको बताएका हुन्।
लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्य र समझदारी गर्न तयार रहेको बताए। भट्टले लगानीकर्तालाई विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए।
लगानी बोर्डका अनुसार महासङ्घका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सक्रिय संजालको उपयोग गरी नेपालमा लगानी भित्र्याउन सकिने बताए।
९ कात्तिक, २०७८, १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।