हामी सरकार ढलाउने खेलमा छैनाैं, हाम्राे ध्यान निर्वाचन केन्द्रीत छ: एमाले नेता पाैडेल

हामी सरकार ढलाउने खेलमा छैनाैं, हाम्राे ध्यान निर्वाचन केन्द्रीत छ: एमाले नेता पाैडेल

बुटवलः नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आफूहरू सरकार ढलाउने खेलमा नलागेकाे बताएका छन्। नेकपा एमाले तिलोत्तमा नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै पाैडेलले एमालेकाे ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनमा भएकाे बताएका हुन्।

 

'हामी सरकार ढलाउने खेलमा छैनौं, हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत छ। निर्वाचनबाटै हामी फेरि सिंहदरबार छिर्छौं', उनले भने।

उनले हाल सरकारबाट बाहिरिए पनि आफ्नाे पार्टीकाे ध्यान सिंहदरबारमा नभएकाे स्पष्ट पारेका थिए। पालिका, प्रदेश र संघमा बहुमतका साथ जनताबाट चुनिएर मात्र सिंहदरबार जाने उनले बताए।

हाल पार्टी संगठन बलियाे बनाउन लागिपरेकाे उनकाे भनाइ थियाे। उनले आगामी निर्वाचनमा आफ्नाे पार्टी पहिलो हुने पनि बताएका थिए। 

कात्तिक ९, २०७८ मंगलबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।