पाँचथरमा बाढीमा बेपत्ता थप एक जनाको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो
पाँचथरः जिल्लामा बाढी पहिराेबाट मृत्यु हुनेकाे सङ्ख्या ३१ पुगेकाे छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार साेमबार बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेसँगै मृतककाे सङ्ख्या ३१ पुगेकाे हाे।
मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो। मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो।
तीन दिनअघि भतिजीकाे शव फेला परे पनि प्रेमकाे शव फेला पर्न सकेकाे थिएन।
जिल्लामा बाढी पहिराेमा परी अझै तीन जना बेपत्ता छन्। बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ।
कात्तिक ९, २०७८ मंगलबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।