आज एमालेकाे पालिका अधिवेशन, दिउँसाे १ बजे ओलीले उद्घाटन गर्ने

काठमाडाैंः नेकपा एमालेले आज देशभर पालिका तहमा पार्टीकाे अधिवेशन गर्दैछ। यसअघि एमालेले ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न गरेकाे पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए।
अधिवेशनकाे उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसाे १ बजे भर्चुअल माध्यमबाट गर्ने तामाङले जानकारी दिए। आज सात सय ५३ पालिकामै अधिवेशन हुन लागेकाे हाे।
यसअघि बाढी पहिराे प्रभावित केही क्षेत्रबाहेक एमालेकाे वडा अधिवेशन अधिकांश वडामा सम्पन्न भएकाे छ। एमालेकाे गाउँ/नगर कमिटीमा ७५, उपमहानगर कमिटीमा ८५ र महानगर कमिटीमा एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।
यही आउँदाे मङ्सिर १० गतेदेखि एमालेको १० औं महाधिवेशन चितवनमा आयाेजना हुनेछ।
कात्तिक ९, २०७८ मंगलबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।