कर्णाली प्रदेशमा सवारी दुर्घटना : मृतकका परिवारलाई १ लाख रुपैयाँ दिइने
सुर्खेत : कर्णाली प्रदेश सरकारले मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु भएको थियो।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनामा मृत्यु भएका ३३ जनाका पीडित परिवारलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सिता कुमारी नेपालीले जानकारी दिइन।
परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
यस्तै बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधि बमोजिम भुक्तानी गर्न कानुन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
कात्तिक ६, २०७८ शनिबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।