एमालेको वडा र पालिका अधिवेशन एकै दिन नहुने 

एमालेको वडा र पालिका अधिवेशन एकै दिन नहुने 

बाढी पहिरो लगायतका विपद्का कारण कतिपय जिल्लामा असोज ६ गते भोलि नै सबै वडा र पालिकाको अधिवेशन नहुने एमाले पार्टी कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

भोलि असोज ६ गते वडा र पालिका अधिवेशन हुन नसकेका ठाउँमा असोज १५ गतेभित्र गरिसक्नु पर्ने निर्णय भएको तामाङले बताए।

भोलि पार्टी अध्यक्ष केपी शर्मा ओलीले वडा र पालिका अधिवेशन भर्चुअल माध्यमबाट गर्नेछन्।

एमाले स्थायी कमिटीको अहिले बसिरहेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे छलफल भइरहेको उनले बताए। 

कात्तिक ५, २०७८ शुक्रबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।