चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ: अमेरिकी राष्ट्रपति बाइडेन
ह्वाइट हाउसका प्रवक्ताका अनुसार बाइडेनले अमेरिकी परराष्ट्र नीतिलाई परिवर्तन गर्ने हिसावले अभिव्यक्ति भने दिएका हाेइनन्। उनका अनुसार अमेरिकी परराष्ट्र नीतिले ताइवानलाई आफैं प्रतिरक्षा गर्न भने सहयाेग गर्न सक्नेछ।
राष्ट्रपति बाइडेनकाे अभिव्यक्ति र राष्ट्रपति भवनका प्रवक्ताकाे स्पष्टिकरणले हाल विश्व राजनीतिमा तरङ ल्याएकाे छ। यसले चीनले साँच्चै ताइवानमाथि आक्रमण गरे अमेरिकाकाे प्रतिक्रिया कस्ताे हुन्छ भन्ने रणनीतिक अस्पष्टताकाे अवस्था सृजना गरेकाे छ।
चीनले भने हालसम्म बाइडेनकाे अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएकाे छैन।
कात्तिक ५, २०७८ शुक्रबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।