कर्णाली प्रदेश सरकारले कृषक र बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले कृषक र बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउने

कृषकको अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने, विपद्मा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले जानकारी दिइन्।

त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनर्स्थापना गर्ने प्रवक्ता नेपालीले बताइन्। 

विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने निर्णय भएको पनि उनले जानकारी दिइन्।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ। बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन्।

कात्तिक ५, २०७८ शुक्रबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।