मानवीय सहायताका लागि पठाइएकाे रकम ठगी गरेको अभियोगमा एनजीओकर्मी पक्राउ

मानवीय सहायताका लागि पठाइएकाे रकम ठगी गरेको अभियोगमा एनजीओकर्मी पक्राउ

दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँसहित सोमबार प्रहरीले पक्राउ गरेको हाे।

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरूको लागि मानवीय सहायतास्वरूप यूएनडीपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरूसँग बिकेशले ठगी गर्ने गरेका थिए। उनले नगद ३ हजार ३ सयका दरले अवैध रूपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई बैंकको गेट अगाडि फेला पारेकाे थियाे।

फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको पैसासहित प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

कात्तिक ५, २०७८ शुक्रबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।