आठ वर्षपछि पक्राउ परे बलात्कार मुद्दाका फरार प्रतिवादी
काभ्रेः जिल्ला प्रहरी कार्यालयले बलात्कार मुद्दाका फरार प्रतिवादीलाई आठ वर्षपछि पक्राउ गरेकाे छ। जबर्जस्ती करणी मुद्दामा १० वर्षकाे सजाय ताेकिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले धुलिखेलबाट पक्राउ गरेको हो।
राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्षकाे कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई पक्राउ गरि कानूनबमोजिम कैद तथा जरिवाना फर्स्याैटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
कात्तिक ५, २०७८ शुक्रबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।