नार्काेटिक्स पदार्थकाे डिल गरेका कारण शाहरुख खानका छाेरालाई मिलेन जमानत 

नार्काेटिक्स पदार्थकाे डिल गरेका कारण शाहरुख खानका छाेरालाई मिलेन जमानत 

एजेन्सीः लागूऔषध प्रकरण पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छाेरा आर्यन खानकाे जमानत खारेज गरिएकाे छ। मुम्बई सेसन काेर्टले आर्यनविरुद्ध प्रमाण प्राप्त भएका कारण जमानत खारेज गरेकाे हाे।

अदालतद्वारा जारी १८ पृष्ठकाे आदेशमा आर्यनकाे जमान खारेज हुनुकाे केही मुख्य कारण देखाइएकाे छ। 

आर्यनसँग ड्रग्स फेला नपरे पनि उनका साथी अरबाजसँग ड्रग्स फेला परेकाे थियाे। उनीहरूले बयानका क्रममा ड्रग्स लिएकाे बताएका थिए।साथै आर्यनलाई अरबाजसँग ड्रग्स भएकाे पनि थाहा भएका कारण उनलाई जमानत नदिइएकाे अदालतले स्पष्ट पारेकाे छ।

यस्तै आर्यनकाे वाट्सएप च्याटमार्फत उनले विभिन्न व्यक्तिसँग ड्रग्ससम्बन्धी कुरा गरेकाे र उनले विभिन्न व्यक्तिहरूसँग नार्काेटिक्स पदार्थकाे डिल गर्ने गरेकाे पत्ता लागेकाे कारण उनकाे जमानत खारेज गरिएकाे हाे। 

मुम्बई सेसन काेर्टका न्यायाधीशले ड्रग्स केस ठूलाे सञ्जालसँग सम्बन्धित भएकाे पनि प्रारम्भिक अनुसन्धानमा खुलेकाे जनाउँदै उनकाे जमानत खारेज गरेकाे हाे। 

कात्तिक ४, २०७८ बिहीबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।