हात्तीकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जकाे १० लाख

हात्तीकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जकाे १० लाख

कञ्चनपुरः हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षीय ध्वजबहादुर कार्की र ४५ वर्षीया मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ। मृतकका परिवारलाई जनही १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई १० लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताए। “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ, त्यति छिटो राहत रकम उपलब्ध गराउछौं', उनले भने। कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उनकाे भनाइ थियाे।

बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो।

कात्तिक ४, २०७८ बिहीबार ०९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।