कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु

कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु

सुर्खेतः कालीकोटमा पहिरोमा परेर एक युवतीको मृत्यु भएको छ। महावै गाउँपालिका-७ राम्नीकी १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको हो।

स्थानीय विष्णुलाल अधिकारीको घरमा पहिरोले क्षति पुर्याउँदा उनकी छोरी स्मृतिको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका प्रवक्ता माधव श्रेष्ठका अनुसार आज बिहान साढे पाँच बजे घर माथिबाट आएको पहिरोले घर भत्किँदा अधिकारीको मृत्यु भएको हो।

विष्णुलालकी ११ वर्षीया छोरीको भने सकुशल उद्धार गरिएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरका अन्य चार जना सदस्य पनि सकुशल रहेका छन्।

यस्तै कालिकोट र दैलेखकाे सिमाना खिड्की जिउला ,घट्टेखाेला, लुहा खाेलामा पहिराे गएपछि यातायातका साधन समेत राेकिएका छन्।

कात्तिक २, २०७८ मंगलबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।