धनुषामा घाँटी रेटेकाे अवस्थामा शव फेला

धनुषामा घाँटी रेटेकाे अवस्थामा शव फेला

धनुषाः जिल्लाकाे नगराइन नगरपालिका-५ गाँगुलीमा आइतबार बिहान शव फेला परेकाे छ। घाँटी रेटेर हत्या गरेकाे अवस्थामा शव फेला परेकाे हाे। 

धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार शव अन्दाजी ३५ वर्षीय पुरुषकाे हाे। मृतककाे हालसम्म सनाखत हुन सकेकाे छैन। यद्यपि प्रहरीले शनिबार राति हत्या भएकाे हुनसक्ने अनुमान गरेकाे छ। 

शवकाे पाेस्टमाेर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

असोज ३१, २०७८ आइतबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।