गाेरखा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडकाे भूकम्प

गाेरखा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडकाे भूकम्प

काठमाडाैंः गाेरखामा आइतबार बिहानै भूकम्पकाे धक्का महसुस भएकाे छ। जिल्लाकाे मानबु र काशीगाउँ क्षेत्र आसपासमा केन्द्रविन्दु भएर भूकम्प गएकाे हाे।

आज बिहान ४ बजेर ९ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे। याे ०७२ सालकाे भूकम्पकै पराकम्प रहेकाे पनि केन्द्रले जनाएकाे छ। 

भूकम्पबाट कुनै जनधनकाे क्षति भएकाे विवरण हालसम्म प्राप्त भएकाे छैन।

असोज ३१, २०७८ आइतबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।