गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जीप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ। घाइते हुनेहरूमा जीप चालक २६ वर्षीय कमल थापा,४३ वर्षीष खिमा थापा,३८ वर्षीष जुना थापा,३६ वर्षीय राजु थापा, मुसिकाेट नगरपालिका- ३ कि ४३ वर्षीय सुमित्रा सुनार र भरतपुर उपमहानगरपालिका बस्ने ५० वर्षीष राधा केसी रहेका छन्।

सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो।

उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो।

असोज २९, २०७८ शुक्रबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।