चार जनाको ज्यान गएपछि मौन छ मोतीपुर
बुटवल : आइतबार रणसङ्ग्राम बनेको बुटवल १७ स्थित रानिगञ्ज सोमबार सुनसान भयो। आइतबार दिनभर प्रस्तावित औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका र सुरक्षाकर्मीबिचको भिडन्तमा चार जनाको ज्यान गएको थियो।
४० भन्दा बढी सुरक्षाकर्मी घाइते भएको घटनाका गम्भीर चार घाइतेलाई सोमबार उपचारका लागि काठमाडौँ ल्याइयो। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
%20(1).jpg)
निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा पाइने भन्दै विभिन्न जिल्लाबाट जग्गा कब्जा गर्न आएका समूह र प्रहरी बिच झडप भएपछि सोमबार सो क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको थियो।
%20(2).jpg)
केन्द्रमा गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा निकायका प्रमुखबिच भएको बैठकले सुकुम्वासीको नाममा भुमाफियाहरुले जग्गा कब्जाको प्रयास गरेको भन्दै सो क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाउने र सरकारी जग्गा कब्जा गर्न नदिने निर्णय गरेका थिए।
%20(3).jpg)
जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबिच झडप भएको सो क्षेत्रमा कर्फ्यु जारी छ। जताततै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। स्थानीयहरू बाहिर निस्किएका छैनन्।
%20(4).jpg)
%20(5).jpg)
.jpg)
.jpg)
.jpg)
%20(7).jpg)
%20(8).jpg)
%20(9).jpg)
असोज २५, २०७८ सोमबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।