वीरेन्द्रनगरमा ‘हाइमास लाइट’ जडान गर्न १ करोड २० लाख खर्च 

वीरेन्द्रनगरमा ‘हाइमास लाइट’ जडान गर्न १ करोड २० लाख खर्च 

वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालीनचोक, बसपार्क लगायतका ठाउँमा हाई–मास लाइट जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले बताए।

‘नगर उज्यालो कार्यक्रममार्फत हाई–मास लाइटहरू उज्यालो र सुरक्षा दुबैलाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको हो,’मेयर सुवेदीले भने, ‘सुब्बाकुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर चोकहरूमा लाइट जडान गरिएको छ। मानिसको बढी आवतजावत वा भिडभाड हुने ठाउँ, बजारका ठुला चोकहरूलाई केन्द्रित गरिएको छ।’

बिजुलीबाट चल्ने यी बत्तीहरू बाल्दा लाग्ने विद्युत् महसुल र पोलको भाडा वीरेन्द्रनगर नगरपालिकाले नै व्यहोर्ने उनले बताए। 

उनका अनुसार विद्युत् र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। १२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ।

बजारमा राखिएका सिसी क्यामराहरूमा भिडियो कैद गर्नका लागि पनि हाई–मास लाइट उपयुक्त भएकाले सुरक्षालाई मध्यनजर गरी विशेष स्थान छनोट गरिएको नगरपालिकाले जनाएको छ।

असोज २५, २०७८ सोमबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।