बलाेन डिओरकाे मनाेनयन सार्वजनिक, मेस्सी र राेनाल्डाे दुवै अन्तिम ३० मा

बलाेन डिओरकाे मनाेनयन सार्वजनिक, मेस्सी र राेनाल्डाे दुवै अन्तिम ३० मा

काठमाडाैंः प्रत्येक वर्ष प्रदान गरिने वर्षकाे सर्वाेत्त्कृष्ट फुटबल खेलाडीकाे पुरस्कार बलाेन डिओर २०२१ काे मनाेनयन सार्वजनिक भएकाे छ। ३० जनाकाे नाम सार्वजनिक भएकाेमा विश्व चर्चित खेलाडीद्वय लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे दुवै अटाएका छन्। 

यसअघि काेराेनाका कारण अघिल्लाे वर्ष बलाेन डिओर रद्द गरिएकाे थियाे। 

यसपटक भने लियाेनल मेस्सी, क्रिस्टियानाे राेनाल्डाे, राेबर्ट लेवान्डाेस्की र जाेर्गिन्हाे उपाधिकाे प्रमुख दावेदारका रूपमा रहेका छन्। यस्तै इटालीका गाेलरक्षक जिआनलुइजी डाेनारुम्मा पनि मनाेनयनमा परेका छन्। नाेभेम्बर २९ मा उपाधिबारे औपचारिक घाेषणा हुनेछ।

काेपा अमेरिका विजेता कप्तान मेस्सी यस वर्षकाे प्रमुख दावेदार हुन्। यस्तै जाेर्गिन्हाेले चेल्सीबाट च्याम्पियन्स लिग जितेकाे र इटालीबाट युराे कप जितेकाे हुँदा उनलाई पनि उपाधिकाे दावेदार मानिएकाे छ। 

यता लेवान्डाेस्कीले जर्ड मुलरकाे गाेलकाे कीर्तिमान भंग गरेका थिए भने क्रिस्टियानाे राेनाल्डाेले हालसालै सर्वाधिक अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमान आफ्नाे नाममा बनाएका थिए। 

यस्तै अन्तिम ३० मा नेयमार र एम्बापे पनि परेका छन्। 

 

असोज २३, २०७८ शनिबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।