ड्रग्स लिने गरेकाे पुष्टि भएपछि शाहरुख खानका छाेरा जेलमा

ड्रग्स लिने गरेकाे पुष्टि भएपछि शाहरुख खानका छाेरा जेलमा

एजेन्सीः बलिउड अभिनेता शाहरुख खानका छाेरा आर्यन खान जेल चलान गरिएका छन्। आर्यनलाई ड्रग्स पार्टीमा सामेल भएकाे आराेप लागेकाे थियाे। 

नार्काेटिक्स कन्ट्राेल ब्यूराेसँग साेधपुछका क्रममा आर्यनले आफूले ड्रग्स लिने गरेकाे बयान दिएका थिए। आर्यनले चरेस सेवन गर्ने गरेकाे बताउँदै ड्रग्स पार्टीमा पनि चरेस लिन लागेकाे बयान दिएका छन्। 

बयानपछि उनलाई आर्थर राेड कारागार चलान गरिएकाे थियाे। शुक्रबार किला अदालतले जमानत खारेज गरेपछि उनका वकिलले अब सेशन अदालतमा जमानतकाे अपिल गर्ने भएका छन्। 

अब जमानत प्राप्त नभएसम्म आर्यन जेलमै बस्नुपर्ने हुन्छ। उनले त्यहाँ कुनै विशेष सुविधा नपाउने पनि बताइएकाे छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आर्यनले घरकाे खाना पनि खान पाउने छैनन्। उनले ५ दिन जेलमा क्वारेन्टिनमा बस्नु पर्ने भएकाले तत्काल जेलभित्रै पनि हिँडडुल गर्न पाउने छैनन्। 

असोज २३, २०७८ शनिबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।