सदनमा एमाले अवराेधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। प्रस्ताव स्वीकृत गर्नुपूर्व बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।
विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले प्रधानन्यायाधीशले वर्तमान सरकारमा भागबण्डा खोजेको भन्ने समाचार आइरहेको भन्दै उक्त विषयमा स्पष्ट पार्न माग गरेका थिए। जवाफमा कानुनमन्त्री कार्कीले प्रधानन्यायाधीशले सरकारमा सहभागिताका लागि कोटा माग गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताउँदै कोही कसैलाई पनि भ्रममा नपर्न अनुरोध गरेका थिए।
त्यसैगरी बैठकले प्रतिनिधि सभामा विचाराधीन रहेको ‘रेल्वे विधेयक, २०७६’ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिको लागि सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ।
प्रतिनिधि सभाकाे अर्काे बैठक असाेज २५ गते साेमबार दिउँसाे २ बजे बस्नेछ।
असोज २२, २०७८ शुक्रबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।