यी हुन् एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुनेहरू

यी हुन् एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुनेहरू

एकीकृत समाजवादीबाट विराेध खतिवडाले शहरी विकास मन्त्रालय, रामकुमारी झाँक्रीले स्वास्थ्य मन्त्रालय, प्रेम आलेले पर्यटन मन्त्रालय र किसान श्रेष्ठले श्रम मन्त्रालय पाउने निश्चित भएकाे छ। यस्तै भवानी खापुङ राज्यमन्त्री हुने पक्का भएकाे छ। 

एकीकृत समाजवादीका एक केन्द्रीय सचिवालयका नेताका अनुसार आज ११ बजेभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएकाे छ। 

यसअघि एकीकृत समाजवादी र सत्तारुढ गठबन्धनबीच बागमती र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि भइसकेकाे छ। 

असोज २२, २०७८ शुक्रबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।