पाकिस्तानमा भूकम्पमा परी २० जनाकाे मृत्यु

पाकिस्तानमा भूकम्पमा परी २० जनाकाे मृत्यु

एजेन्सीः पाकिस्तानमा बिहीबार बिहानै गएकाे भूकम्पमा परी २० जनाकाे ज्यान गएकाे छ। पाकिस्तानकाे बलाेचिस्तान प्रान्तमा गएकाे भूकम्पमा परी मृत्यु हुनेमा धेरै जसाे महिला र बालबालिका रहेकाे जनाइएकाे छ। 

पाकिस्तानी अधिकारीहरूका अनुसार मृतककाे सङख्या अझै बढ्न सक्नेछ। धेरैजसाेकाे भवन भत्किँदा मृत्यु भएकाे थियाे। 

अमेरिकी भूगर्भ सर्भेले पृथ्वीकाे ९ किलाेमिटर मुनि ५.९ म्याग्निच्युडकाे भूकम्प गएकाे बताएकाे छ। 

हाल घटनास्थलमा उद्धार कार्य जारी छ। स्थानीयका अनुसार एक सय ५० भन्दा बढी घाइते भएका छन्। तीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेका छन्। 

असोज २१, २०७८ बिहीबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।