रुपन्देही उद्योग सङ्घको चुनाव : कांग्रेस, एमाले र माओवादीको साझा प्यानल  

रुपन्देही उद्योग सङ्घको चुनाव : कांग्रेस, एमाले र माओवादीको साझा प्यानल  

हाल वरिष्ठ उपाध्यक्ष रहेका माधव प्रसाद पौडेलको नेतृत्वमा तीन दल निकट उद्योगीहरूले साझा प्यानल तयार गरेका हुन्। 

सङ्घको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेल सहित वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धितिय  उपाध्यक्षमा जीवकान्त काफ्लेको साझा प्यानल तयार भएको हो। सापकोटा हाल प्रथम उपाध्यक्ष हुन भने पराजुली द्धितिय  उपाध्यक्ष र काफ्ले महासचिव हुन।

त्यसैगरी सङ्घको महासचिवमा हालका कोषाध्यक्ष हरि बहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हीरामणि भट्टराई उम्मेदवार बन्ने भएका छन्। 

सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली, सचिवमा हाल कार्यसमिति सदस्य रहेका वसन्त ढकाल र महिला सदस्यमा मञ्जु भुसालले साझा प्यानलबाट उम्मेदवार दिनेछन्। 

एसोसिएटतर्फ सुमन बस्याल र तुलसी गुरुङ ,आजीवन सदस्यतर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुँवर, महिला सदस्यतर्फ शारदा भट्टराई र मिना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली प्यानलमा परेका छन्।

त्यसैगरी खुल्लातर्फको सदस्यहरूमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल छन्। बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे, शुद्धोदन गाउँपालिकाबाट रमेश खनाल साझा प्यानलको उम्मेदवार बन्दैछन।

रुपन्देही उद्योग सङ्घको ४३ औ साधारण सभा तथा २२ औ अधिवेशन असोज २३ गते हुँदै छ। सङ्घको आगामी नेतृत्व साझा बनाउने पहल गर्न पूर्व अध्यक्ष एजाज आलम, बोनीन पिया र निवर्तमान अध्यक्ष गणेश अधिकारीलाई जिम्मेवारी दिइएको सङ्घका अध्यक्ष बाबुराम बोहराले बताए।

साझा उम्मेदवारको रूपमा प्रस्तावित पौडेलले आफूले सबै उद्योगी ब्यवसायीहरुलाई समेटेर अगाडी बढ्ने बताए।

‘निश्चित पद र आकाङ्क्षी धेरै हुदा सबै साथीहरू पदीय हिसाबले समेटिन सक्नु भएन तर सबैलाई उद्योग सङ्घमा क्रमशः भूमिका दिएर समेटिने छ’ पौडेलले भने।

असोज २०, २०७८ बुधबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।