बुद्ध एयरको जहाज सुर्खेत 'ल्याण्ड' नभएपछि नेपालगञ्ज 'डाईभर्ट'
सुर्खेतः बुद्ध एयरको जहाज सुर्खेत ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेतको भेरी आसपासमा लागेकाे कुहिरोका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्तले जानकारी दिए।
‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ प्रमुख पन्तले भने, ‘ नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ।’
त्रिभुवन विमानस्थबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेकाे उक्त जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु थिए।
बिहान सवा ९ बजे सुर्खेतको आकासमा तीन फन्काे लगाएर जहाज नेपालगञ्ज विमानस्थल फर्काइएको छ।
असोज २०, २०७८ बुधबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।