‘भैरव अर्याल सदा स्मरण र सम्मान गरिनुपर्ने महान् व्यक्तित्व’ 

‘भैरव अर्याल सदा स्मरण र सम्मान गरिनुपर्ने महान् व्यक्तित्व’ 

माेरङः व्यङग्यात्मक साहित्य लेखनमा ख्याति कमाएका भैरव अर्यालकाे ४५औं स्मृति दिवस हिजाे मङ्गलबार माेरङकाे बेलबारीमा आयाेजना गरिएकाे थियाे। कार्यक्रममा अर्यालका साहित्यिक याेगदाकाे चर्चा गरिएकाे थियाे। 

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्य पत्रकार रोचक घिमिरेले अर्यालसँग सङ्गत गर्दाका प्रसङ्गहरू स्मरण गर्दै अर्याल स्वयं धेरै पटक हाँसो र व्यङ्ग्यका पात्र बनेको बताए। व्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायतले अर्यालको साहित्यिक योगदानको राज्यले कदर गर्न नसकेको टिप्पणी गरे।

कार्यक्रमका अन्य वक्ताहरूले अर्याल केवल परीक्षामा अङ्क प्राप्तिका लागि घोकिनुपर्ने पात्र नभएर सचेतनाका लागि सदा स्मरण र सम्मान गरिनुपर्ने महान् व्यक्तित्व भएको बताए। सोही अवसरमा साहित्यकार ईरान राईद्वारा सङ्कलित तथा सम्पादित प्रदेश १ का ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धहरूको संयुक्त सङ्ग्रह ‘मुखास्त्र’ सार्वजनिक गरिएकाे थियो।

असोज २०, २०७८ बुधबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।