संसद्मा एमालेकाे अवराेधकै बीच दलित आयाेगकाे वार्षिक प्रतिवेदन पेश

काठमाडाैंः प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवराेध कायमै राखेकाे छ। एमाले अवराेधका कारण बैठक सुरु हुन सकेकाे छैन।
आजकाे संसद् बैठक प्रारम्भ हुनासाथ एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै 'कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन' भन्दै नाराबाजी गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भई आफ्ना कुरा राख्न एमालेका सांसदसँग आग्रह गरे पनि अवराेध हटेन।
यता प्रतिपक्षी दलको अवरोधकै बीच कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार १ बजे बस्नेछ।
असोज १९, २०७८ मंगलबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।