चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म गरियाे जरिवाना

चितवनका ६ मेडिकल कारबाहीमा, तीन लाखसम्म गरियाे जरिवाना

चितवनः भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ६ वटा मेडिकललाई कारबाही स्वरूप पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन्।

उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई तीन/तीन लाख जरिवाना गरिएको छ।

मिराकल फर्मालाई दुई लाख ५० हजार, रिजन फार्मेशिलाई २० हजार र अपोलो डेन्टल क्लीनिकलाई पाँच हजार जरिवाना तोकिएको उनले बताए। मापदण्ड पूरा नगरेको, खरीद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरूलाई कारबाही गरिएको शर्माले बताए।

असोज १९, २०७८ मंगलबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।