बुढानीलकण्ठ दुर्घटनाबारे हाँस्दै बोल्दा फेरि विवादमा नायिका पारमिता

बुढानीलकण्ठ दुर्घटनाबारे हाँस्दै बोल्दा फेरि विवादमा नायिका पारमिता

काठमाडौँ : सडक किनारमा हिँडिरहेकी महिलालाई ठक्कर दिएर मारिएको घटनामा जोडिएकी नायिका पारमिता आरएल राणा पुन विवादमा आएकी छिन्। मदिराको मातमा अनियन्त्रित रूपमा गाडी चलाएर भएको सो दुर्घटनाको समयमा घटनास्थलबाट उनी भागेकी थिइन्। घटना सार्वजनिक भएको लामो समयसम्म उनी भूमिगत भएकी थिइन्। पछि उनले घटनाबारे माफी मागेकी थिइन्।

युट्युबर सञ्जय सिलवाल गुप्ताको कार्यक्रममा उनले सो घटनाबारे हाँस्दै बोलेपछि उनी पुन विवादमा तानिएको हुन्।

२०७७ मा बुढानीलकण्ठको फुटपाथमा हिडीरहेकी लीला देवकोटालाई मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले चलाएको गाडीले हान्दा उनको ज्यान गएको थियो। सो गाडीमा राणाले चलाएका थिए। पछाडिको सिटमा राणा लगायत तीन जना थिए।

घटनापछि उनी गाडिबाट निस्किएर भागेकी थिइन्। अनुसन्धानकोक्रममा मल्लले मदिरा पिएर सवारी चलाएको र उनको साथमा नेपाली सवारी चालक अनुमति पत्र समेत नभएको पुष्टि भएपछि प्रारम्भमा काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पछि सर्वोच्च अदालतले मानसिक स्वास्थ्य कारण देखाउँदै मल्ललाई पाँच लाख धरौटीमा रिहा गरेको थियो।

सेलाइसकेको यो घटनाबारे उनले गुप्तासँग कुरा गर्दै मल्लसँग साथी सर्कलबाट चिनजान भएको र घटना भएको दिन अगाडि २ पटक मात्र भेट भएको बताएकी छिन्। त्यो दिन भोक लागेकोले ब्रेकफास्ट गरेर घर जाने योजना अनुसार बुढानिलन्ठको रेस्टुरेन्टमा गएको बताउँदै भनेकी छिन्' त्यो बेलामा म गाडीमा सुतेको थिए। मसँगै भएको साथी पनि सुतेको थिए। अगाडि बसेको साथी पनि सुतेको थिए।'

उनले मल्लले अधिक मादक पदार्थ सेवन नगरेको भन्दै वचाउँको प्रयास गरेकी छिन्। सबै जना सुतेको बेलामा त्यो घटना भएको भन्दै उनी हाँसेकी छिन्। एक निर्दोष महिलाको ज्यान जाने गरी भएको घटनाबारे बताउँदा संवेदनहीन भएर उनी हाँसेपछि अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

सो घटनापछि आफ्नो धेरै आलोचना भएको र धेरै पटक आत्महत्या गर्ने सोच आएको दाबी गर्दै उनले त्यो समयमा बेकारमा नेपाली फिल्म क्षेत्रमा आएँ भन्ने लागेको र त्यो गल्तीपछि अर्काले चलाएको गाडी चढ्ने नगरेको उनले बताएकी छिन्।

आफैले गाडी चढाएर महिलालाई ठक्कर दिएझैँ व्यवहार भएको भन्दै उनले कार्यक्रममा चित्त दुखाएकी छिन्।

असोज १८, २०७८ सोमबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।