बेलायती विशेष दूतले कर्णालीका मुख्यमन्त्रीलाई भेटे
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ।
विशेष दूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच सोमबार भएको भेटमा कर्णालीको बालिका शिक्षा र महिला सशक्तीकरणका विषयमा छलफल भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा, स्वास्थ्य र विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने विश्वास गरेका निजी सचिवालयले जानकारी दिएको छ।
बेलायती सांसदसमेत रहेकी विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिइन्।
असोज १८, २०७८ सोमबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।