लिगकाे अन्तिम खेलमा विराटनगर विजयी, ललितपुरले २ ओभरमा गुमायाे २ विकेट
काठमाडाैंः जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)काे आज भएकाे खेलमा विराटनगर वरियर्स विजयी भएकाे छ। काठमाडाैं किंग्स ११ लाई ७ रनले पराजित गर्दै विराटनगर विजयी भएकाे हाे।
ईपीएलमा आज विराटनगर यस वर्षकाे अन्तिम खेल खेल्दै थियाे। यसअघि विराटनगर हिजै पाेखरा राइनाेजसँग ७ विकेटले पराजित भएसँगै प्रतियाेगिताबाट बाहिरिसकेकाे थियाे।
आज विराटनगरकाे जीतमा अनिल कुमार शाह र रायनखान पठानले उत्कृष्ट प्रदर्शन गरे। विराटनगरले निर्धारित ८ ओभरकाे खेलमा एक सय ५ रन बनाएकाे थियाे। काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनायो।
हाल ईपीएलमा आजकाे दाेश्राे खेल जारी छ। चितवन टाइगर्स र ललितपुर पेट्रियट्सबीच जारी खेलमा हाल २ ओभरमा १५ रन बनाउँदै २ विकेट गुमाएकाे छ।
असोज १७, २०७८ आइतबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।