कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, काठमाडाैं महानगरकाे निर्वाचन आज
काठमाडाैंः नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्। पार्टीको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनी एक सय ३५ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले एक सय १४ मत प्राप्त गरे। यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय भएका छन्।
यस्तै आज कांग्रेस महाधिवेशनअन्तर्गत काठमाडाैं महानगरपालिकाकाे नेतृत्त्व चयनका लागि निर्वाचन हुने भएकाे छ।
महानगरकाे सभापतिका लागि संस्थापन पक्षका प्रगतिमान रञ्जित र पाैडेल पक्षका नीलकाजी शाक्य दाैडमा छन्। उनीहरू प्यानलसहित प्रतिस्पर्धामा ओर्लिएका छन्। मतदान बिहान ९ बजेबाट दिउँसाे १ बजेसम्म जारी रहने कांग्रेस निर्वाचन समितिले बताएकाे छ।
असोज १७, २०७८ आइतबार ०९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।