एमालेको विधान महाधिवेशन सुरु : निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता नमान्ने 

एमालेको विधान महाधिवेशन सुरु : निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता नमान्ने 

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले एकीकृत पार्टीको पहिलो विधान अधिवेशन भएको बताए।

उनले पार्टीको नवौँ महाधिवेशनमा नेतृत्व चयन गर्दा अस्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गरे। उनले नेतृत्व चयनमा भएको मतभिन्नता पछिसम्म रहेको बताए। 

एमालेको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

विधान संशोधन प्रस्तावमा पदाधिकारीको सङ्ख्या घटाइएको छ भने केन्द्रीय कमिटीको सङ्ख्या नवौँ महाधिवेशनको भन्दा बढाइएको छ।

एमालेमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ सहित १३ जना पदाधिकारी रहने प्रस्ताव विधान संशोधन प्रस्तावमा गरिएको छ। महाधिवेशनमा प्रतिनिधिहरूलाई वितरण गरिएको विधान संशोधनमामा नवौँ महाधिवेशनमा १६१ सदस्य रहेको केन्द्रीय कमिटीको सङ्ख्या २२५ जना रहने प्रस्ताव गरिएको छ।

एमालेले निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता मान्ने व्यवस्था हटाउने प्रस्ताव पनि गरेको छ। उपमहासचिव पद पनि नरहने व्यवस्था विधानमा गरिएको छ। उपमहासचिव पद नरहने प्रस्ताव वर्तमान उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्दै छन्। 

असोज १५, २०७८ शुक्रबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।