त्रिदेशीय नाकामै छैन सञ्चार

त्रिदेशीय नाकामै छैन सञ्चार

नेपाल टेलिकमको स्काइ फोन गत वर्षबाटै अवरुद्ध भएकाले समस्या भएकाे छांगरुका बासिन्दा योगेश बोहराले बताए। गत वैशाख÷जेठमा कुञ्चा सरेका स्थानीयबासीले फोन गर्न पाएका छैनन्। “छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ”, बोहराले भने, “भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ।”

कहिलेकाहीँ महिना दिसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए। गत वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन। टावरको निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ।

तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन। मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन्। छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ। ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन्।

असोज १३, २०७८ बुधबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।