बिचौलिया धपाउँदै प्रहरी
सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुमधुर पार्ने भन्दै उपरीक्षक पाण्डेले यस्ताे अभियान थालेकाे बताएका छन्। “विभिन्न कार्यको सिलसिलामा प्रहरी कार्यालय आउने सर्वसाधारणलाई सकभर प्रहरीले पारदर्शीरूपमा काम गर्छ चिनजान साथै दबाब तथा प्रभावका आधारमा हुँदैन, कानुनबमोजिम न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन सकभर बिचौलियालाई प्रोत्साहन दिइएको छैन”, उनले भने।
यस्तै पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्सामातहतका सबै प्रहरी युनिटमा बिचौलियाको भरमा नभई कानुनका आधारमा सेवा प्रवाह गर्न निर्देशन दिएकाे पनि बताएका छन्।
असोज १३, २०७८ बुधबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।