दलाल मैत्री यातायात कार्यालय

दलाल मैत्री यातायात कार्यालय

बाइकको सङ्ख्याका आधारमा दर्ता गर्ने स्थानमा भने कर्मचारी थिएनन्। टहरमा रहेको दर्ता स्थानमा २ जना कर्मचारी थिए जो गर्न पनि नपरे हुने शैलीमा काम गरिरहेका थिए।

काम सक्काउन लाइनमा बसिरहेकाहरूमाझ पुगिरहन्थे केही व्यक्ति। उनीहरू केही रकम खर्च गरे चाँडै काम सकिदिने प्रस्ताव राखिरहेका थिए। जसले उनीहरूको प्रस्ताव बोके उनीहरू आवश्यक कागजपत्र लिएर कार्यालयभित्र जान्थे। फाइलको चाङ बोकेरै फर्किन्थे बाँकी काम लाइनमै सक्काउन। जसले अतिरिक्त रकम खर्च गर्न मान्दैनथे उनीहरू लाइनको लाइनमै।

कर्मचारीहरू सकेसम्म दलालमार्फतै काम आओस् झैँ गरिरहेका देखिन्थे। उनीहरूले मुखैले त भनेनन् तर कामको शैली हेर्दा त्यस्तै देखियो। दलालमार्फत आउने काम फटाफट भइरहेका थिए। जो लाइनमै बसेर आए उनीहरूलाई झुलाएको झुलाई।

 

असोज १२, २०७८ मंगलबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।