सगरमाथामा फेसन शो

सगरमाथामा फेसन शो

जर्मन ,इटाली ,लण्डन ,रसिया ,फिनल्यान्ड ,नेपाल लगायत विभिन्न १० मुलुकबाट आएका सुपर मोडलसहित ४७ जना सहभागी थिए शोमा। 

डेढ वर्ष अघि सर्वाधिक उचाइमा आयोजना गरेको फेसन शोको रूपमा विश्वर्कितिमान राखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा एभरेस्ट फेसन रनवेलाई सूचीकृत गरेको थियो। पहिलो पटक काला पत्थरमा ५३४० फिटमा फेसन सो गरेर गिनिजबुकमा राखेको आफ्नो रेकर्डलाई यस पटक  ५५०० मिटर उचाइमा आयोजना गरेर आफ्नैले तोडेका छन्।

‘माउन्ट एभरेस्ट फेशन–सो’को दोस्रो संस्करण सम्पन्न भएसँगै नेपालले आफ्नै कीर्तिमान तोड्दै ‘गिनिज बुक’मा नयाँ कीर्तिमान कायम गरेको छ । माउन्ट एभरेस्ट रनवेमा हिँडेका १० जना मोडलले आगामी शुक्रवार सोल्टी होटेलमा बुद्घिस फेसन लाइन फल एन्ड विन्टर कलेक्सन नामक फेसन शोमा हिँड्ने छन् । 

कासाका नन् भ्वाइलेन्स फेब्रिक तथा बुद्विस फेसन लाइनमा पहिरनहरू तयार पारेका थिए । नन् भ्वाइलेन्स फेब्रिक अर्थात् किरालाई नमारीकनै निकालिएको सिल्कमा  कासाका डिजाइनर रमिला नेमकुलले पहिरनहरू तयार पारेका थिए। 

कासाले बुद्घिस फेसन लाइन पनि लन्च गरेका थिए। भगवान् बुद्धको दार्शनिक सूत्र अहिंसा परम धर्मबाट प्रभावित भई डिजाइनमा थिम सकित काम गरेको फेशन डिजाइनर रमिला नेम्कुलले बताइन्। 

डिजाइनर मिसु श्रेष्ठले डिजाइन गरेका मोजा ,पन्जा ,पस्मिना ,स्कार्फ ,टोपी लगायतका एसेसरीजहरु तथा आरबी डाइमण्डका रिकेन महर्जनले डिजाइन गरेको डाइमण्ड क्राउन, ज्वेलरीहरु लगाएर मोडलहरू र्याम्पमा हिँडेका थिए। 

नेपालबाट फेसन ब्लगर, मोडल रेहान श्रेष्ठले प्रतिनिधित्व गरेका थिए। उनी लामो समयदेखि नेपाली फेसनलाई प्रमोट गर्दे आइरहेका छन्। 

सो कार्यक्रमको १२ दिनको गतिविधिलाई समेटिएर रियालिटी सो समेत बन्दै छ। यस कार्यक्रमलाई भारतका एमईटू फिल्म्सका सञ्चालक तथा रियालिटी सो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गरेका छन्। 

पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनको सक्रियतामा भएको यो रनवे अव हरेक वर्ष निरन्तरता दिने सोच रहेको उनीहरू बताउँछन्। 

* र्याम्पमा इटलीको पूर्व राजकुमार समेत हिडेको तथ्य गलत भएकाले हेडलाइन र समाचार शंसोधन गरिएको छ।

असोज १२, २०७८ मंगलबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।