अपराधमा सेटिङ : प्रतिवादीले सफाइ पाएर भारत पुगेपछि नागरिकताको खोजी

अपराधमा सेटिङ : प्रतिवादीले सफाइ पाएर भारत पुगेपछि नागरिकताको खोजी

काठमाडौँ : अपहरण गरेर डेढ करोड असुलेको अपहरण केसमा १२ वर्षपछि पक्राउ परेका दुर्गाबहादुर बुढाथोकी सफाइ पाएर कारागारमुक्त भएपछि महानगरीय प्रहरी परिसरले नेपाली नागरिकता पुष्टि गर्न पत्राचार गरेको खुलेको छ।

बुढाथोकीले आफू भारतीय नागरिक भएको दावी गर्दै तीन पुस्ते नमिल्ने बयान दिएको आधारमा जिल्ला अदालतले उनलाई असोज ५ गते सफाइ दियो। सफाइ पाए लगत्तै उनी डिल्लीबजार कारागारबाट छुटेर भारत हिँडे।

यता काठमाडौँ परिसरले असोज ८ गते मात्र उनको नेपाली नागरिकताको खोजी गर्दै इलाका प्रशासन कार्यालय हरिवन सर्लाहीमा पत्र पठायो।

प्रहरीको पत्र पाएकै दिन इलाकाले उनको नागरिकता विवरण खुलाएर पत्र पठायो। पत्र अनुसार २०५६ साउन २८ मा उनले नेपाली नागरिकता निकालेको उल्लेख छ।

पत्र अनुसार नागरिकतामा रहेको उनको विवरण र प्रतिवादी बनाउँदाको विवरण मेल खान्छ। पत्र अनुसार उनको बाबुको नाम कृति बहादुर बुढाथोकी र ठेगाना ढुङ्ग्रेखोला-५ सर्लाही उल्लेख छ। उनको जन्म मिति २०३९-५-२० हो।

भारतीय नागरिक प्रकाश भनेर अदालतबाट उम्किएका दुर्गा नेपाली नागरिक, प्रहरीको अनुसन्धान शंकामा

उनलाई भारतको दार्जिलिङमा पक्राउ गरेर नेपाल ल्याउँदा उनको साथमा भारतीय राशन कार्ड फेला परेको थियो। त्यसकै आधारमा उनले आफ्नो तीन पुस्ता नमिल्ने र आफू दुर्गा नभएको दावी गरेका थिए।

पहिला पुर्पक्षका लागि थुनामा पठाए पनि उनको त्यही दावीको आधारमा जिल्ला अदालतले फसाइदियो। उनले आफ्नो बुबाको नाम शिवा क्षेत्री। आमा तारा क्षेत्री र आफ्नो नाम प्रकाश क्षेत्री हो भएको दावी गरेका थिए।

दुर्गाबहादुरकाे सम्बन्धमा उकेराकाे अन्य खाेज

असोज ११, २०७८ सोमबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।