आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला : ११ काउण्टर थप

आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला : ११ काउण्टर थप

काठमाडाैंः दशैंमा काठमाडाैंबाट आफ्नाे घर फर्कन चाहनेहरूका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएकाे छ। टिकट बुकिङ खुला भएसँगै गाेंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूकाे भीड लागेकाे छ। 

गत वर्ष काेराेना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुलाइएकाे थिएन। यस वर्षबाट यात्रुलाई हस्तलिखित र डिजिटल दुवै खाले टिकट प्रदान गरिएकाे नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए।

उनका अनुसार यस वर्ष यात्रुकाे चापलाई ध्यानमा राख्दै ११ वटा नयाँ काउण्टर पनि थप गरिएकाे छ। यस्तै अमर्यादित क्रियाकलाप न्यूनीकरण तथा राेकथाप गर्न बसपार्क क्षेत्रमा लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ।

काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।

यस्तै चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ खुला गरिएको छ। 

असोज ११, २०७८ सोमबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।