कांग्रेस महाधिवेशन : झापाका १५ वटै पालिकामा नेतृत्त्व चयन
झापाः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतकाे गाउँ/नगर अधिवेशनमार्फत झापाका १५ वटै पालिकामा नयाँ नेतृत्त्व चयन गरिएको छ। ४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो।
मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित भएका छन्। नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन्।
कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी गरेका छन्। उनीहरूमध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्त्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्त्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए।
यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेश सभापतिमा निर्विरोध चयन भएका थिए।
असोज ११, २०७८ सोमबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।