असोज २१ बाट फिल्म हल खुल्ने, २ हप्तामा मात्र नयाँ फिल्म रिलिज
काठमाडौँ : नेपाल चलचित्र सङ्घले असोज २१ बाट सबै फिल्म हल खोल्ने निर्णय गरेको छ।
एक सातामा नयाँ फिल्म रिलिज हुँदै आएकोमा अब २ हप्तामा मात्र नयाँ फिल्म रिलिज गर्ने निर्णय गर्दै सङ्घले नेपाली फिल्म रिलिज भएको दिन विदेशी फिल्म रिलिज नगर्ने निर्णय समेत गरेको छ।
उपत्यकाका फिल्म निर्माता ,वितरक र प्रदर्शकको बैठकले वितरक र निर्मातालाई फिल्म प्रदर्शनको पहिलो हप्ता ५५ प्रतिशत र दोस्रो हप्ता ५० प्रतिशत सेयर रकम भुक्तानी गर्ने समेत निर्णय गरेका छन्।
भदौ १० गतेको निर्णय असोज १० मा मात्र सदस्यहरूलाई जानकारी गराइएको छ। बैठकले आगामी तीन महिनाभित्र प्रदर्शन हुने फिल्मको प्रदर्शन मिति असोज २० भित्र सार्वजनिक भइसक्नु पर्ने सर्त समेत राखिएको छ। यी निर्णय तीन महिना कायम रहने पत्रमा उल्लेख छ।
असोज १०, २०७८ आइतबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।