चितवन टाइगर्स २ विकेटले विजयी

चितवन टाइगर्स २ विकेटले विजयी

चितवनलाई अन्तिम ओभरकाे अन्तिम बलमा जीतका लागि १ रन आवश्यक हुँदा राजेश पुलामीले चाैका प्रहार गर्दै जीत दिलाएका हुन्। उनले आज महत्त्वपूर्ण पारी खेल्दै अविजित ४३ रन बनाए। 

यस्तै भीम सार्कीले ३०, दिलिप नाथले २३, करिम जनतले १९ रन बनाए। अन्य ब्याट्सम्यान चम्किन सकेनन्।

यस्तै बलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा र करण केसीले समान २/२ विकेट लिए। प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए।

ईपीएलमा अब आजकाे दाेश्राे खेल हुन गइरहेकाे छ। पाेखरा राइनोज र भैरहवा ग्लाडीएटर्सबीच केही बेरमा खेल सुरु हुँदैछ। 

असोज १०, २०७८ आइतबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।