सुत्केरीको निधनपछि आफन्तले गरे अस्पताल घेराउ

सुत्केरीको निधनपछि आफन्तले गरे अस्पताल घेराउ

डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाउँदै उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गरेका छन् भने मृत्युको यथेष्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका हुन्।

‘सामान्य अवस्थाकी गर्भवतीलाई डाक्टर जयराम केसीकाे कमजोरीका कारण शनिबार राति मृत्यु भयो’,मृतकका श्रीमान् सुरेश मल्लले भने, ‘डा.जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेका थिए तर हामीलाई जानकारी नगराई भ्याक्म प्रयोग गरी बच्चा निकालेका रहेछन्, अप्रेसनपछि उच्च रक्तस्राव भएर श्रीमतीको ज्यान गयो, हामीलाई क्षतिपूर्ति र डाक्टरमाथि कारबाही हुनुपर्छ।’

आमाको मृत्यु भए पनि बच्चा भने सकुशल छन्। बच्चालाई एनआईसीयूमा राखिएको छ। घटनाबारे अस्पताल प्रशासनले भने औपचारिक धारणा दिएको छैन।

असोज १०, २०७८ आइतबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।